स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ५ बाँसटारीमा आगालागीबाट करिव २५ लाख बराबरको क्षती भएको छ । स्थानीय नेत्र प्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोले ३ घर र ६ गोठ तथा कटेराहरु जलेर नष्ट भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट २३ लाख १३ हजार बराबरको प्रारम्भिक क्षती भएको छ । शुक्रवार दिउसो लागेको आगो नियन्त्रणका लागि वालिङ नगरपालिकाबाट दमकल सहित प्रहरी, स्थानीय, नेपाली सेना लगायत प्रयोग गरि आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार नेत्र प्रसाद न्यौपानेको गोठमाकुडो पकाउनको लागि बालिएको आगो अचानक गोठमा सल्किएसँगै वरपरी फैलिएकाले ठुलो क्षती भएको बताए । आगलागीमा परि नेत्र प्रसाद न्यौपानेको १ गोठ तथा १ कटेरो जलेकाछन् भने २ वटा भैसी समेत मरेकाछन् त्यस्तै छिमेकी तोलाकान्त न्यौपानेको टिनले छाएको गोठ जलेको छ भने दुई भैसी गम्भिर घाईते भएका छन् । यसैगरीसन्तोष पाण्डेको २ वटाकच्चि घर तथा एक कटेरो जलेको प्रहरीले जनाएको छ ।
आगलागीमा परी तारा प्रसाद न्यौपानेको गोठ र, कटेरो जलेको छ भने राम प्रसाद न्यौपानेको घर आंशिक रूपमा जलेको छ । गर्मी मौसम र हावाहुरी चल्ने समय भएकाले आगालागीका घट्नाहरु हुन सक्ने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।