arrow

होलीका दिन श्रीमती कुटेर मार्ने राई पक्राउ

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
pakrau-jail.jpg

काठमाडौं । नेपाल प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले दक्षिणकाली नगरपालिका–२ विगमफाँटमा श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका ३५ वर्षीय नवीन राईलाई पक्राउ गरी  सार्वजनिक गरेको हो ।

वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले होलीका दिन ३३ वर्षीया पुष्पा राईमाथि कुटपिट गरेर हत्या गर्ने नवीनलाई पक्राउ गरिएको जानकारी दिए ।

 “श्रीमती पुष्पाको कपालमा समातेर घिसारेर कुटपिट गरी हत्या गरेर सडकको किनारा झाडीमा फालेको र उक्त शव भोलिपल्ट बिहान कोठामा ल्याएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो”, उनले भने ।

मृतक पुष्पाको मुख र टाउकोमा चोट लागेको थियो । पक्राउ परेका राई लामो समयदेखि बङ्गुरफार्ममा काम गर्दै आएका व्यक्ति हुन् । राईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ