arrow

चार वर्षपछि पुर्णता : विधान विपरित सभापतिले एकलौटी गरेको आरोप

कांग्रेस बागलुङले चार वर्षपछि पायो पुर्णता

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
baglung-congress1.jpg

बागलुङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङले अधिवेशन भएको चार वर्षपछि पुर्णता पाएको छ । लामो सययदेखीको प्रयासमा पनि नेताहरु विच सहमति जुट्न नसक्दा पार्टीका पदाधिकारी र विभागले पुर्णता पाउन सकेको थिएन । गत फागुन २१ गते बागलुङको भकुण्डे र २२ गते बागलुङ सदरमुकाममा बसेको बैठकले टुंगाउन नसकेपछि जिल्ला सभापति दिपेन्द्र बहादुर थापाको संयोजकत्वमा पदाधिकारी र विभाग टुंगाउनका निम्ती सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

 कार्यदलको सदस्यमा निवर्तमान सभापति प्रकाश शर्मा पौडेल, पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, मणिभद्र शर्मा कंडेल, जिल्ला सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम र महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय रहेका थिए । उक्त समितिको शुक्रबार बसेको बैठकले उप-सभापति, सचिव र सहसचिवको साथै विभागिय संयोजक समेत मनोनित गरेको छ ।  

सहमती जुटन नसक्दा चार बर्ष लाग्यो
बैठकले उपसभापतिमा निसीखोलाका तुलासिंह घर्ति, सचिवमा काठेखोलाका चित्रबहादुर कार्की र सहसचिवमा जैमिनीका सिताराम रसाईलीलाई मनोनित गरेको छ ।  घर्ति महाधिवेशन प्रतिनिधि थिए भने कार्की र रसाईली जिल्ला सदस्य रहेको सभापति दिपेन्द्र बहादुर थापाले जानकारी दिए ।

लामो समयदेखि पदाधीकारी चयन र विभागीय संयोजक गठनका निम्ती सहमति जुटाउन नसक्दा समितिले पूर्णता पाउन ढिला भएको थापाको भनाई छ । उनले आफुले कांग्रेसको विधानको धारा १० उपधारा ३(ख) धारा ११ उपधारा १४ एवं नियमावली २०६८ को उपधारा ३२ को १० अनुसार पदाधिकारी एवं विभागीय संयोकज चयन गरेको बताए । वि.सं. २०७२  फागुनमा भएको १३ औं जिल्ला अधिवेशनबाट थापा जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

कार्यकाल सकिने बेलामा पदाधिकारी चयन प्रति अर्को पक्षको असमहती
पदाधिकारी र विभागिय संयोजक चयनमा अर्को पक्षले भने असहमती रहेको जनाएको छ । महासमिति सदस्य एवं १३ औं जिल्ला अधिवेशनका सभापतिका प्रत्यासी जगदिशचन्द्र उपाध्यायले पदाधिकारी मनोनित र विभागी संयोजकहरु चयन पार्टी विधान विपरित गरिएकोमा आफुनो समुहको असहमती रहेको बताए । असहमती राख्नेमा कार्यदलका सदस्य निवर्तमान सभापति प्रकाश शर्मा पौडेल र पुर्व सभापति हरिप्रसाद श्रेष्ठले पनि रहेका छन । उपाध्यायले जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले आफ्नो कार्यकाल सकिने बेलामा पदिय दुरुपयोग गरी एकलौटी ढंगले अगाडी बढेको आरोप लगाएका छन । पार्टीको विधान अनुसार जिल्ला अधिवेशन भएको ६ महिना भित्र पदाधिकारी र विभागिय समिति गठन गर्नुपर्ने थियो ।

 उपाध्यायले भने, ‘चार वर्ष सम्म गठन नगर्ने अहिले आएर एकलौटी गर्ने, फागुन २२ गतेको जिल्ला समितिको बैठकबाट सर्वसम्मतीमा नाम सिफारिस गर्नका निम्ती  कार्यदललाई जिम्मेवारी दिईएको थियो । कार्यदल भित्र असहमती हुँदा हुँदै सभापतिले एकलौटी रुपमा मनोनित गर्नु हामीलाई स्वीकार्य छैन । हाम्रो पदाधिकारी र विभागीय संयोजक चयनको विषयमा निर्णय पुस्तीकामा नै असहमती जाहेर गर्दै कार्यसमितिको पुर्ण वैठक तथा निर्वाचित पदाधिकारी सदस्यहरु विच लग्नपर्ने सुझाव सहित फरक मत राखेका छौं ।’ उपाध्यायले पदावधी सकिन थालेको समयमा पदाधिकारी मनोनित गर्नु आगामी महाधिवेशनलाई प्रभावित पार्न खोजेएको बताएका छन ।

कार्यदल विच असमती रहँदा रहदै गरिएको निर्णय जिल्ला कार्य समितिको पुर्ण वैठकबाट अनुमोदन गर्नृपर्छ वा पर्दैन भन्ने प्रश्नमा जिल्ला सचिव नवराज पौडेल यदी निर्वाचित जिल्ला सदस्यहरुले चाहेको खण्डमा पुन जिल्ला कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने बताएका छन । थापा शेरबहादुर देउवा पक्षका हुन भने उपाध्याय रामचन्द्र पौडेल पक्ष हुन ।

 विभागीय संयोजक चयन
असहमतीकाविच सभापतिले २९ वटा विभागीय प्रमुख समेत तोकेका छन । संगठन विभागमा फमबहादुर खत्री, जनसम्पर्क समिति समन्वय-तिलबहादुर अधिकारी, स्थानीय निकाय-तारानाथ पौडेल प्रचारप्रसार विभाग-नवराज पौडेल महिला विभाग-गण्डकी थापा विद्यार्थी विभाग-उमेश गौतम तरुण विभागमा जगदिशचन्द्र उपाध्यायलाई चयन गरेका छन ।

त्यसैगरी पेसागत तथा बुद्धिजिवि विभाव-खिमानन्द पौडेल सांस्कृतिक विभाग-ओमकार थापा शिक्षा तथा स्वास्थ्य-भुवानी प्रसाद कँडेल गै.स.स तथा सामाजिक सेवा-मुक्तिराम सापकोटा अनुसन्धान तथा अभिलेख-सिताराम रसाइली, उद्योग, व्यापार, व्यावसाय-बसन्त कुमार श्रेष्ठ, कृषि तथा सहकारी-चण्डीप्रसाद शर्मा ,संवैधानिक तथा कानुन-मुकुन्दसिंह भण्डारी ,आदिवासी जनजाति-दिलिपकुमार पुन, अनुगमन तथा मुल्याङ्कन-पदमबहादुर पुन अनुशासन-हरिप्रसाद आचार्य, खेलकुद-शैलेश घर्ती ,प्राकृतिक स्रोत-रामप्रसाद कँडेल श्रमिक-ज्ञानकुमारी श्रीस शर्मा ,अपाङ्ग-डिलप्रसाद शर्मा, भूपू सैनिक-नरबहादुर किसान, दलित-रामप्रसाद विक, द्वन्द्व व्यवस्थापन-सुरेन्द्र बम मल्ल, पर्यटनमा सागर छन्त्याल, प्रशिक्षण विभागमा तुलासिंह घर्ति वैदेशिक रोजगार समन्वय-शेरबहादुर विक र प्रशासनिक विभागमा चित्र बहादुर कार्की तोकिएको सचिव पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ