arrow

लखनउ पुगेर फर्केकी वस्नेतमा कोरोनाको जाँच

तुलसीपुरमा सुरु भयो कोरोना चेकजाँच

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
corona-checking.jpg

तुलसीपुर । विजौरीका विनोद घर्ती नेपालगञ्जबाट दाङ्ग आउँदै थिए । उनी चढेको गाडी अचानक तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ दमारगाउँमा रोकियो । उनको निधारमा लक्षित गरेर स्वास्थ्यकर्मीले थर्मल गन अर्थात ज्वरो नाप्ने यन्त्र लगाए । उनको नर्मल अर्थात ९८ डिग्री मात्रै देखियो । ‘वाहिर जिल्ला गएको कतै केही भएको हुन सक्छ नि , जाँच भएपछि ढुक्क भइयो’ उनले भने ।

घर्तीको जस्तै भोगाइ छ तुलसीपुरकी अनिता वस्नेतको पनि । चेकजाँचको सिलसिलामा लखनउ पुगेकी उनमा कोरोनाको जाँच नाकामा समेत भएन । तर घर नजिकै आएपछि चेकजाँच हुँदा भने उनी निकै खुसी छिन् । ‘आफु नै ढुक्क हुने अवस्था भयो नि ’ उनको भनाई थियो ।

कोरोनाको संक्रमण हुन नदिनका लागि तुलसीपुर उपमहानगरपालिकाले भारतबाट आउने एक मात्र नाकाका रुपमा रहेको दमारगाउँमा कोरोना संक्रमणको जाँच गरिरहेको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाले टरिगाउँ विमानस्थलमा समेत यस्तो जाँचको सुरुवात गरेको हो । ‘आवश्यकता अनुसार अन्य ठाउँमा पनि यसलाई विस्तार गर्नेछौ’ स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले वताए ।

 उनले अहिलेसम्मको अवस्था निकै राम्रो भएको पनि वताए । यात्रा गर्ने सबै यात्रुलाई चेकजाँच गर्दा सम्भव नहुने भएको भन्दै ज्वरोको आशंका गरिएकालाई मात्रै चेकजाँच गरिएको पनि उनको भनाई थियो । ‘कसैमा लक्षण देखिए राप्ती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा लगिनेछ’ महाशाखा प्रमुख न्यौपानेले जानकारी दिए ।

यसैगरी दमारगाउँ स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरेर कोरोना चेकजाँच डेस्कको स्थापना  गरिएको छ । उद्घाटन कार्यक्रममा कोरोना संक्रमणको प्रकोप फैलिदासम्मका लागि डेस्क स्थापना गरिने पनि जनाइएको छ । उपमहानगरपालिकाले संक्रमणको सम्भावनालाई मध्यनजर गरेर विभिन्न सार्वजनिक स्थानमा सचेतनामुलक सन्देशका व्यानर राख्नुका साथै सार्वजनिक कार्यक्रम गर्न समेत रोक लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ