arrow

साँझ बालुवाटार फर्कदै प्रधानमन्त्री

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
pm-oli-bye2.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको दशौ दिनमा डिस्चार्ज गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले शुक्रबार साँझ अस्पतालबाट प्रधानमन्त्री ओलीलाई  डिस्चार्ज गरिने  विज्ञप्तिमा उल्लेख गरेका छन्  ।

प्रधानमन्त्री ओली  डिस्चार्जपछि प्रधानमन्त्री निवास बालुवाटार जाने छन् । प्रधानमन्त्रीलाई नियमित हिँडडुल, व्यायाम र खानपान गरिरहेका छन् । केहि दिदेखि प्रधानमन्त्री निवास वा सचिवालयमा बसेर प्रधानमन्त्री ओलीले काम गर्न सक्नेछन् । सक्रिय रुपमा काम गर्न भने ६ महिनादेखि एक बर्षसम्म लाग्नेछ  ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छ । त्रिवि शिक्षण अस्पतालमा १९ गते भर्ना भएका प्रधानमन्त्रीको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण पछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ । उनको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र  नियमित आहार लिइरहेका छन् ।
 
मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी  समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेकी छन् । यसअघि बुधबार घर फर्किएकी भाञ्जी सङ्ग्रौलाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।  सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिदै स्वास्थ्यबारे जानकारी लिएर उनी घर फर्किएकी थिइन्  ।  उनको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा उत्तम कमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले शुक्रबार उनलाई पहिलो पटक भेटेकी थिइन् ।  यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।  मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या सिंह शाह, डा महेश सिग्देल, डा.मकन्द काफले र डा रविन नेपाली लगायतको टोली सहभागी थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ