नेपाली कांग्रेसको विवाद अझ पेचिलो बन्दै, महामन्त्रीले बुझाए सभापतिलाई ज्ञापनपत्र (पत्रसहित)
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
1.1k
Shares
काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिकाको काम भइरहदा सभापति शेरबहादुर देउवाले नवलपरासी पश्चिमका कार्यवाहक सभापति अर्जुन पोख्रेलमाथि योग्यताको प्रश्न उठाउदै पदबाट हटाएर नयाँ सभापतिमा विष्णुप्रसाद पौडेललाई तोकेपछि कांग्रेसको विवाद अझ पेचिलो बनेको छ ।
नवलपरासी पश्चिमका पुराना सभापति पोखरेललाई हटाइ नयाँ सभापतिमा पौडेललाई नियुक्त गरेसँगै सो बिषयमा संस्थापन इतरले विरोध जनाउदै आएको छ। आफ्नो निर्वाचन क्षेत्रसँगै जोडिएको नवलपरासी पश्चिमको बिषयमा सभापति देउवाले हस्तक्षेप गरेपछि महामन्त्री शशांक कोइराला रुष्ठ बनेका छन् ।
सभापति देउवा र महामन्त्री कोइरालाबिच बिचको बाटो निकल्ने प्रयास भएपनि निर्णय सच्याउन सभापति देउवा तयार नभएपछि महामन्त्रीले असन्तुष्टी लिखित रुपमै दर्ता गराएका छन। महामन्त्रीले आफ्नै 'लेटरप्याड' मा दुई पृष्ठ लामो पत्र बुझाएका छन् ।
कांग्रेस नेता मिनेन्द्र रिजालसहित साढे पाँच बजे सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका महामन्त्रीले लिखित असहमति सभापतिलाई बुझाएका हुन। यस घटनापछि कांग्रेसको महाधिवेशनको बिषय अझ पेचिलो बन्ने देखिएको छ ।