arrow

मिर्गौलाको सफल प्रत्यारोपणपछि बालुवाटार फर्किए प्रधानमन्त्री

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
pm-oli-discharge1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको दशौ दिनमा डिस्चार्ज भएका छन्  । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताबाट शुक्रबार साँझ डिस्चार्ज भएका हुन् ।

प्रधानमन्त्री ओली  डिस्चार्जपछि प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।  प्रधानमन्त्रीलाई नियमित हिँडडुल, व्यायाम र खानपान गरिरहेका छन् । केहि दिनदेखि प्रधानमन्त्री निवास वा सचिवालयमा बसेर प्रधानमन्त्री ओलीले काम गर्न सक्नेछन् । सक्रिय रुपमा काम गर्न भने ६ महिनादेखि एक बर्षसम्म लाग्नेछ  ।  त्रिवि शिक्षण अस्पतालमा १९ गते भर्ना भएका प्रधानमन्त्रीको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी  समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेकी छन् ।  मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले शुक्रबार उनलाई पहिलो पटक भेटेकी थिइन् ।  यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ