arrow

साहित्यकार प्राध्यापक डा. डिपी भण्डारीको निधन

logo
प्रकाशित २०७६ चैत १ शनिबार
DP-Bhandari.jpg

काठमाडौं। साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको शनिबार काठमाडौंमा निधन भएको छ। काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा रहेका भण्डारीको ८४ बर्षको उमेरमा निधन भएको हो। साहित्यकार भण्डारी लामो समयदेखि फोक्सो तथा अल्जाईमर रोगले ग्रसित थिए।

भण्डारीको शनिवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको सञ्चारकर्मी मुकुन्द भण्डारीले जानकारी दिए। साहित्यकार भण्डारीका ‘रोदी र फूल’, ‘त्यो घर्ती, त्यो आकाश’, ‘मृगस्थली’, ‘निरो बाँसुरी बजाइरहेछ’ लगायत निबन्धसंग्रह प्रकाशित छन्। यसका अलावा उनका विभिन्न पत्रपत्रिकामा फुटकर रचना पनि प्रकाशित छन्।

डोटीको निरौलीमा जन्मिएका भण्डारी साहित्यसँगै प्राध्यापनमा पनि सक्रिय थिए। उनले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा लामो समय काम गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ