arrow

सुवास नेम्बाङको क्षेत्र इलाममा ६७ जना नेताकार्यकर्ता कांग्रेसमा प्रवेश (तस्बिर)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ चैत २ आइतबार
ilam-congress-membership.jpg

इलाम। इलामको माङ्सेबुङ्ग गाउँपालिकामा नेकपा, संघीय समाजवादी पार्टी नेपाल र जनमुक्ति पार्टीका नेताकार्यकर्ताहरु सहित ठुलो संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरु मध्येका आकाश सम्बहाम्फेले भने, 'नेकपाले जनचाहना अनुसार काम नगरेको तथा झुटको राजनीति गरेकोले पार्टी त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हों।' उनी तत्कालीन बाँझो गाबिसका युवा संघका सचिव पनि हुन्। 

इलामको पश्चिम भेगमा पर्ने यो क्षेत्रमा संघीय निर्वाचनमा तत्कालीन संबिधानसभाका अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङले जितेको क्षेत्र हो। त्यसैगरी प्रदेशसभामा पनि नेकपाले जितेको क्षेत्र हो। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व संबिधानसभामा सदस्य नगेन्द्र कुमालले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए। उनका अनुसार ‘माङ्सेबुङ ५ मा नेकपाबाट १० जना तथा संघीय समाजवादी तथा जनमुक्ति पार्टीबाट ५७ जना समेत गरी ६७ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको बताए।

यसरी प्रवेश गर्नेहरुमा नेकपाबाट आकाश सम्वाहाम्फे, बिजय राई, निश्चल लिम्बु लगायत १० जना रहेका छ्न्। त्यसैगरी संघीय समाजवादी पार्टी नेपाल र जनमुक्ति पार्टीबाट सेसेहाङ शेर्मा, खगेन्द्र राई, भक्तराज शेर्मा, फासुहाङ लावती, पुस्कर आङ्गदाङ्बे, राम आङबुहाङ्ग, युगवहादुर थेगिम, उजा माबुहाङ्ग, बिक्रम सिवु, खगेन्द्र मगर, बुद्धीमान साङ्गपाङ, भवानी लाबुङ्ग, सम्झना फागो, नेत्र बहादुर सुक्वा लगायत ५७ जना रहेको तरुण दलका रनमान थेबेले बताए। प्रवेश गर्ने अधिकाशं गाउ तहका नेता तथा कार्यकर्ता हुन्।

कांग्रेसको भातृसंस्था दरुण दलको वडा गठनको लागि आयोजित कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको माङ्सेबुङ गाउँ पालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए। सो कार्यक्रममा माङ्सेबुङ गाउँपालिकाका पार्टी सभापति इन्द्र सम्बाहाम्फे, सचिव धडकन लिम्बु, लगायतको उपस्थित थियो। साथै सो भेलाले माङ्गसेबुङ गापको वडा न ५ को तरुण दलको अध्यक्षमा पदम कुमार लिम्बु सहित २१ जनाको कार्यसमिति समेत निमार्ण गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ