झापाका कोरोना संक्रमणको आशंका गरिएका विरामी काठमाडौं ल्याइयो
प्रकाशित २०७६ चैत २ आइतबार
421
Shares
काठमाडौं। झापाका एक व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतबार काठमाडौँ ल्याइइएको छ। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ज्वरो आएर उपचारका लागि विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिए पछि थप उपचारका लागि काठमाडौं पठाइएको हो।
रानाका अनुसार चिकित्सकले गरेको सिफारीसका आधारमा थप उपचारका लागि निजलाई काठमाडौँ पठाइएको छ ।