काठमाडौं। कोरोना संकटबाट बच्न कांग्रेस नेता उमेशजंग रायमाझीले सरकारलाई ९ उपाय सुझाएका छ्न् । उनले देशमा स्वास्थ्य संकटकाल लगाउन माग गरेका छन् ।
१ तत्काल स्वास्थ्य सङ्कटकाल घोषणा गर।
२ स्कुल ,क्याम्पस ,विश्वविद्यालय बन्द गर।
३ सभा, सम्मेलन,भेला गर्न रोक।
४ जेलमा भएका बन्दीहरुका लागि बिशेष वयवस्था गर।
५ स्वास्थका क्षेत्रमा काम गरेका तथा यस क्षेत्रसँग सम्बन्धित सबै व्यक्ति र संघ सस्थालाई सङ्गठित एवम् परिचालित गर। उनिहरुलाई साधन, स्रोतले सम्पन्न बनाउ।
६ कम्तिमा ५ हजारका दरले सातै वटा प्रदेशमा अतिरिक्त बेडको वयवस्था गर।
७ सबै स्वास्थ्य चौकी ,जिल्ला अस्पतालहरुलाई साधन, स्रोत सम्पन्न बनाउ।
८ दैनिक मजदुरी गरि खानु पर्ने मानिसहरुका लागि बिशेष वयवस्था मिलाउ।
९ स्वास्थ्यकर्मी तथा अन्य युवाहरूलाई समाबेश गरि स्वयंसेवक दस्ता बनाउ।