arrow

घोडेजात्रामा कोरोना प्रभावः सिमित व्यक्तिहरुको उपस्थितिमा मनाइने, बिशिष्ट व्यक्ति सहभागि नहुने

logo
प्रकाशित २०७६ चैत ३ सोमबार
Ghodejatra1.jpeg

काठमाडौं। नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहितको राष्ट्रिय पर्व ‘घोडेजात्रा यस बर्ष सावधानीका साथ मनाउने भएको छ।  

यद्यपी विश्वमा फैलिरहेको कोरोना भाईरसको प्रभाव घोडेजात्रामा परेको छ। चैत्र ११ गते पर्ने घोडेजात्रा समारोह परम्परालाई कायम राख्‍ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने नेपाली सेनाले जनाएको छ।

हाल विश्वका विभिन्‍न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाईरसको कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरेसँगै उक्त भाईरसको जोखिमलाई मध्यनजर गरि यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय समेत सेनाले गरेको छ। 

सेनाले घोडेजात्राको विभिन्‍न टेलिभिजनहरुमार्फत प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ