कांग्रेस बागलुङलाई महिला संघको प्रश्न- पदाधिकारी बनाउँदा महिलालाई किन उपेक्षा गरियो ?
प्रकाशित २०७६ चैत ३ सोमबार
457
Shares
बागलुङ । नेपाल महिला संघ बागलुङले केही दिन पहिले कांग्रेस बागलुङको पदाधिकारी चयन र विभागिय संयोजक चयनको विषयलाई लिएर पार्टी सभापति दिपेन्द्र बहादुर थापालाई ध्यानकर्षण गराएको छ ।
महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माको नेतृत्वमा पार्टी कार्यालयल पुगेको महिलाहरुको टोलीले आईतबार पार्टी सभापति थापालाई ज्ञापन पत्र बुझाउँदै ध्यानकर्षण गराएका छन । उनिहरुले पार्टीको उपसभापति, सचिव र सहसचिवमा मनोनित गर्र्दा महिलालाई उपेक्षा गरिएको भन्दै गुनासो गरेका छन ।
ज्ञापन पत्रमा पार्टीले २९ वटा विभागीय संयोजक बनाउँदा पनि महिला र श्रम विभागमा राखी दुई जना खुम्चाएकोमा आक्रोस पोखेका छन । अहिलेको २१ औं शताब्दीमा समावेशी चरित्र, नेपालको संविधान र नेपाली कांग्रेसको विधानको मर्म र भावना विपरित गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ पार्टी नेतृत्वको यस्तो निर्णयले समग्र अधा घर्ति ओगटेका महिलालाई अपमान भएको महशुस गरिएको छ ।
उनिहरुले कांग्रेसले सवै तहका संरचनाहरुमा सवै जातजाती महिला पुरुष भुगोल सहितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग राखेका छन । उनिहरुले कांग्रेसभित्र क्रियाशिल महिला सदस्य न्युन रहेको हुँदा अगामी क्रियाशिल सदस्यता वितरण गर्र्दा कम्तीमा एक तिहाई हुने गरी वितरण गर्न समेत माग गरेका छन ।
ज्ञापन पत्र बुझ्दै कांग्रेस सभापति दिपेन्द्र बहादुर थापाले महिला संघको माग जायज भएको र पार्टीमा राख्ने बताए । उनले पदाधिकारी चयनको विषयमा महिलाहरुलाई समावेश गर्ने विषय पार्टी भित्र छलफल चलेता पनि बनाउन नसकिएको आफ्नो मात्र कमजोरी नभएको उल्लेख गरे ।
थापाले क्रियाशिल महिला नै कम र जिल्ला कमिटिमा पनि थोरै भएका कारण पदाधिकारी र विभागीय जिम्मेवारीमा कम प्रतिनिधित्व भएको बताए । अवसरमा नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्यले पार्टीले महिलालाई पनि नेतृत्व तहमा ल्याउनुपर्ने बताईन ।
उनले महिलाई यसरी नै उपेक्षा गरिएमा संगठनलाई मजबुद बनाउन नसकिने बताई । ज्ञापन पत्र बुझाउँदै नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले पार्टीले महिलाहरु प्रति हेर्ने दृष्टीकोण सुधार गर्न जरुर रहेको बताईन । कार्यक्रमको संचालनसचिव उषा पौडेलले गरेकी थिईन ।