जनताको घर घरमा पुगेर कोरोनाको त्रास हटाउन जनप्रतिनिधिलाई सिंहको निर्देशन
प्रकाशित २०७६ चैत ४ मंगलबार
588
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको घर घरमा पुगेर कोरोनाको त्रास हटाउन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौँ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा नेता सिंहले देशको राजधानी काठमाडौमा प्रभावकारी भुमिका खेल्न जनताले अनुभुत गर्ने खाल्का देखिने काम गर्न आग्रह गरे ।
नेता सिंहले बिश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसले पार्न सक्ने प्रभावलाई ख्याल गरि सशक्त रुपमा स्थानीय स्थरमा जनताको घर घरमा पुगेर आवश्यकक जनचेतना र प्रभावकारि भुमिका खेल्न र आमनागरिकलाई सहयोगमा जुट्न निर्देशन दिए। जनप्रतिनिधिहरुले यतिखेर आम नागरिकमा रहेको त्रास हटाउने र सहजकता बाताबरण निर्माण गर्न सकै धान केन्द्रित गर्नुपर्ने बताए ।
नेता सिंहले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।कोरोनाका नाउमा कालोबजारी र अभावले जनजीवन आक्रानत हुदा समेत सरकारले बजारमा हस्तक्षेपकारी भुमिका देखाउन नसक्नु दु:खद भएको बताए । भाषण भन्दानि यो बिपतिमा जनमानसमा रहेको त्रास अभाव हटाउन अपिल समेत गरेका छन् । यो बिपतिमा आफूहरु सरकारलाई सहयोग गर्न तयार रहेकाले बिशेष पहल गरि कालोबजारी महंगी नियन्त्रण गर्न र बिपत्तिबाट बच्न विशेष प्याकेज ल्याउन समेत माग गरेका छन् ।
यति बेला कांग्रेसको भुमिका प्रभावकारी भएन भन्ने चौतरफि चिन्ता रहेकाले पार्टी क्राईसिसमा रहेको सत्य भएकाले कसरी पार्टीको भुमिका प्रभावकारी बनाउने भन्नेमा सबैले सोच्ने बेला आएको बताए । पार्टी विधिविधान अनुसार चल्न नसकेकाले आजको अवस्था मा पुगेको बताए । बर्तमान सरकारको काम गराईबाट जनता सरकारको पक्षमा नभएपनि कांग्रेसको गतिविधि देखेर कांग्रेसको पक्षमा उभिन नसकेको बताए। सबै कुरा राम्रो हुदा हुँदै जनता सतारुणदलका गतिविधिबाट आजित हुदासम्म पनि कांग्रेस नेतृत्वको कारण जनता कांग्रेससँग आकर्सित हुन नसक्नु दुखद कुरा रहेकाले नेतृत्व परिबर्तन बिना कांग्रेसप्रति जनताको आकर्ष नबढ्ने बताए ।
नेता सिंहले जनप्रतिनिधिहरुलाइ पार्टीसंग समन्य गरेर काम गर्न समेत आग्रह गर्दै ब्यक्तिगत आकाङ्क्षा त्यागेर दिन रात जनताको काम मा लाग्न निर्देशन दिए । नेता बन्ने अवसर पनि भएकाले अवसर पाउँदा गर्न सक्छ भन्ने प्रमाणित गर्न अवसरका रुपमा लिएर अघि बढ्न आग्रह गरेका छन् ।
काठमाडौ महानगरपालिकाको काम गराई चित्त बुझदो हुन नसकेकाले टुलुटुलु हेर बस्नेभन्दा पनि सशक्त भुमिका देखाउन समेत निर्देशन दिए । छलफल काठमाडौ महानगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित जन प्रतिनिधिहरुले मेयरले आफू हरुलाइ असहयोग गरेको, रकम बिनियोजनमा समेत पक्षपात गरेको, कांग्रेसका प्रतिनिधिले लगेका योजना अलपत्र पार्ने गरेको, कर्मचारीहरु समेत नेकपा कार्यकर्ता जस्तो मानेर असहयोग गरेकोले पार्टीले हस्तक्षेपकारि भुमिमा खेल्दिनु परनै बताएका थिए ।
कार्यक्रममा सांसद राजेन्द्र कुमार केसी, काठमाडौ जिल्ला सभापति सबुझ बानिया, क्षेत्रिय सभापति र जन प्रतिनिधि हरुले आफ्नु धारणा राखेका थिए ।