arrow

चिट चोरेर बदनाम भएको भन्दै किशोरीद्वारा आत्महत्या, प्रअलाई ‘सुसाइड नोट’ लेखेर मागिन् माफी

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ चैत ५ बुधबार
suicide.jpg.png

कपिलवस्तु। साथमा रहेको चिट समातिएपछि कपिलवस्तुमा १ किशोरीले आत्महत्या गरेकी छिन । शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत सिमा विकले आत्महत्या गरेकि हुन ।

चैत ३ गते पेशा तथा व्यवसायिक विषयको परिक्षा दिदै  थिईन  नगरबाट आएको अनुगमन टोलीले चिट वरामद गरेको थियो । उनीबाट चिट समाए पनी कुनै अभ्रद्र व्यावहार गरीएको थिएन । पछाडीको वेच्नमा किताव फेला परे पछी पुस्तक लिइएको थियो ।

थप कारवाही केही नगरीएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । सामान्य अनुगमन मात्र गरेको अन्य केही तयस्तो कुनै प्रतिक्रिया नदिएको समेत पौडेलले बताए ।

शिवराज नगरपालिका वडा न १ उमरी बस्ने १८ वर्षिय सिमा आत्महत्या गर्नुको कारण आफुले गर्दा विद्यालयको बदनाम भएको उल्लेख भएको सुसाइड नोटमा उल्लेख गरिएको छ । आफु माफी माग्न लायक नभएको पत्रमा लेखिएको छ । मंगलवार सुरही सामुदायिक बनमा जामुनको रुखमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

विकले एक साथिलाई पत्र प्रध्यानाध्यापक लाई बुझाई माफी मागि दिन अपिल गरेकि छिन् । “मेरो सानो गल्तिले विद्यालयको बदनाम भएको छ, म यो समाजमा मुख देखाउन लाएक छैन, म मर्न चाहान्छु, मलाई माफि दिनुहोला” पत्रमा उल्लेख छ ।

चिट भेटेपछि शिक्षकले विद्यार्थीहरुको प्रवेश पत्र र उत्तर पुस्तिका केहि समयको लागि खोसेका थिए ।  उनले २ पेजको नोटमा भावुक शव्दहरु लेखेकि ईलाका प्रहरी कार्यालय चन्दौ्रटाका  प्रहरी निरीक्षक दिपेस खरेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ