arrow

न्यौपाने १० लाख मास्कसहित सानोभर्‍याङबाट पक्राउ

logo
रासस,
प्रकाशित २०७६ चैत ५ बुधबार
mask-medical.jpg

काठमाडौं । निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् ।

 महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभर्‍याङबाट उनलाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको र  गएराति उक्त टोलीले सुरज आर्केडबाट एक हजार ६०० थान स्यानिटाइजर तथा काठमाडौँ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ