कोरोना भाइरसको जोखिम नियन्त्रणबारे सरकारलाई गगन थापाको सात पृष्ठ लामो सुझाव पत्र
तत्काल कदम चाल्न आग्रह, यस्तो छ सुझाव पत्र
प्रकाशित २०७६ चैत ६ बिहिबार
734
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा सरकारले चालेको कदममा थप कदम चाल्नुपर्ने बारेमा सुझाव दिएका छन् ।
नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई पत्र लेख्दै थापाले नेपालभित्र गर्नुपर्ने काम, नेपाल बाहिर भएका नेपालीका सम्बन्धमा चाल्नुपर्ने कदम तथा स्वास्थ्य मन्त्रालयले खेल्नुपर्ने भूमिका बारेमा स्पष्टसंग सुझाव दिएका छन् ।
सरकारले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो । थापाले पूर्वतयारीमा काम गर्दा गर्दै पनि सरकारले केही विषयमा भने तत्काल सुधार गर्नुपर्ने जनाएका छन् ।