arrow

कोरोना : कारागारका कैदीबन्दीसँग भेटघाटमा रोक

logo
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७६ चैत ६ बिहिबार
kaidibandi-bhetghat.jpg

बर्दिया(गुलरिया) । कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बर्दिया  कारागारमा उच्च सतर्कता अपनाइएको छ । बढी भिडभाड हुने कारागारमा कैदीबन्दी भेटघाटमा उच्च सतर्कता अपनाइएको हो ।

बर्दियाको सदरमुकाम गुलरियामा रहेको कारागारमा १ सय २५ जना कैदीबन्दी अटाउने क्षमता भए पनि हाल महिला र पुरुष गरी  २ सय ९२ कैदीबन्दी रहेको कारागार कार्यालय गुलरिया बर्दियाका नि. जेलर डिल्ली चन्द्र पौडेलले बताए।

आज चैत्र ६ गते देखि लागू हुने गरी कसैलाई पनि भेटघाट गर्न नदिने तर भेटघाट गर्नै पर्ने देखिए भेट अघि इन्फ्रारेड थर्मोमिटर मार्फत ज्वरो नाप्ने र साबुन पानीले अनिवार्य हात खुट्टा धुनुपर्ने र भेटघाटका क्रममा दुवैले मास्क अनिवार्य लगाउनुपर्ने साथ २ मिटर टाढा देखि भेटघाट गर्न पाउने नियम बनाइएको जेलर पौडेलले भने।

भारतसँगको सिमानाकाबाट डेढ किलोमिटर दुरीमा रहेको कारागार संक्रमणको उच्च जोखिम छ । कारागारमा कैदीबन्दी भेट्न आउनेको संख्या अत्याधिक हुने गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण कैदि बन्दीका आफन्तले ल्याउने सामानमा समेत कडाई गर्दै १५ दिनका लागि आफन्तले ल्याएका सामान कारागार भित्र लग्न बन्देज लगाइएको समेत जेलर पौडेलले जानकारी दिए।

कारागारमा क्षमताभन्दा दोब्बर बढि कैदि बन्दी रहेकाले पनि उच्च जोखिम देखिएकोले सतर्कता अपनाउदै भेटघाट र कारागार भित्र सामान लैजानमा कडाई गरिएको उनले बताए।

कैदीबन्दी भेटघाट गर्न जानै परे जाने व्यक्तिमा ज्वरो, रुघा खोकी लगायत कुनै किसिमको स्वास्थ्य समस्या नभएको एकिन भएपछि मात्रै कैदीबन्दी भेट्न अनुमति दिने समेत उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ