arrow

गगनको सुझावमा टेलिकमको रिंगव्याक टोनमा कोरोनाबाट बच्ने उपाय, अनिताको कर्णप्रिय आवाज

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
gagan-anita-bindu.jpg

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाको सुझावको आधारमा नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले गत चैत २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशकको कार्यकक्षमा गएर कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलक रिंगब्याक टोनमा (सीआरबीटी) राखिदिन अनुरोध गरेका थिए।

नेता थापाले आफ्नो सामाजिक संजाल मार्फत तत्काल रिंगव्याक टोन शुरू गर्ने वचन बिहीबारको दिनदेखि सुरु भएकोमा धन्यवाद दिएका हुन् ।

कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । पटक–पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न  सन्देशमा भनिएको छ ।

टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।

सन्देशमा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुले टेलिकमको सचेतनामूलक सन्देशमा आवाज दिएकी छिन् । प्रत्येक पटक फोन गर्दा कोरोनाबाट बच्ने उपाय सम्झाउने अभियानमा जोडिन पाउँदा उनले खुसी प्रकट गरिन् । 

टेलिकमको यो अभियान अहिले निकै प्रभावकारी मानिएको छक्ष् यद्यपी टेलिकमको यो सन्देशमा स्वास्थ्य मन्त्रालयले थप अद्यावधिक गर्नुपर्ने देखिएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ