arrow

गोकुल बाँस्कोटाको घरमा विस्फोट गरेको आरोपमा थप तीन पक्राउ

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
gokul-baskota-house.jpg

भक्तपुर । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस विवादमा परेर राजीनामा दिन वाध्य भएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

गत फागुन २८ गते विस्फोट भएको थियो । सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले मनोहरा सुकुम्वासी बस्तीबाट नेत्रविक्रम चन्द विल्पव समूहका भक्तपुर जिल्ला सदस्य देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

घटनाको जिम्मेवारी विप्लव समूहले लिइसकेको छ । उसले विभिन्न आरोप लगाउँदै बाँस्कोटामाथि कार्वाही जरुरी रहेको बताएको थियो । 

बाँस्कोटा भने प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा बस्दै आएका छन् । 

घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताए पनि अहिलेसम्म कुनै पनि प्रक्रिया बाहिरिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ