arrow

चट्याङ्ले घरमा आगलागी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ चैत ७ शुक्रबार
chtyang_photo.jpg

स्याङ्जा । स्याङ्जामा चट्याङ् लागेर घरमा आगलागी भएको छ । आगलागीबाट घर पूर्णरुपले जलेर नष्ट भएको छ । विरुवा गाँउपालिका ७ गहतेका ४३ बर्षिय देवीमाया गुरुङ्को घरमा चट्याङ् लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

खर छाएको कच्ची घरमा विहिवार राती चट्याङ् परेको थियो । चट्याङ् लागेर आगलागी हुदा गुरुङ्को नगर रकम सहित सुन र अन्नपात लगायत अन्य सामाग्री सहित जलेर नष्ट हुदा १० लाख सत्तरी हजार बराबरको क्षती पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।

मानवीय क्षती र पशुचौपायमा भने क्षती नभएको भण्डारीले बताए । गएको शनिवारदेखि स्याङ्जामा असिना पानी र चट्याङ्ले स्याङ्जामा ठुलो क्षती पु¥याएको छ । घरमा कोही नभएका बेला चट्याङ परेकाले मानवीय क्षती हुनबाट बचेको स्थानीयले बताएका छन् । चट्याङ् लागेर आगलागी भएको घट्ना थाहा पाउना साथ प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ