arrow

चैत्र ९ देखि १८ गते सम्म सबै उडान स्थगित

लामो दूरीका सबै सवारी साधन रोकिने

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
airport-tia-1.jpg

काठमाडौं ।  चैत्र ९ देखि १८ गते सम्मलाई सबै उडान स्थगित भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले सुरक्षा अनुरुप निर्णय लिएको हो । साथै १० गतेबाट अहिले चलिरहेका लामो दूरीका सबै सवारी साधन रोकिने भएको छ । २१ गतेसम्म सवारी साधन बन्द रहनेछन् ।

 प्रधानमन्त्री ओलीले उद्यमी, व्यवसायी र श्रमिकको सुरक्षाका लागि सरकारले काम गर्ने पनि उल्लेख गरे।  यसैगरी सार्क राष्ट्रहरुले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा १० करोड रुपैयाँ दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन्। प्रधानमन्त्री ओलीले अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न पनि आग्रह गरेका छन्। उनले हल्लाबाट आतंकित नभइ सजग हुन पनि आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ