arrow

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता

logo
रासस,
प्रकाशित २०७६ चैत ७ शुक्रबार
pradip-gyawali-jaishankar.jpg

काठमाडौं। नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करबीचको वार्ता महामारीका रुपमा द्रुत गतिमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै देशबीच औषधिलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिमा जोड दिँदै दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ को जोखिम घटाउन सीमा क्षेत्रमा प्रभावकारी निगरानी गर्नेबारेमा पनि छलफल गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ बाट जोगाउन भारतले विशेषज्ञ र चिकित्सकहरु सम्मिलित द्रुत प्रतिकार्य टोली पठाउन प्रस्ताव गरेकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ