arrow

चित्रलेखाको परिवारलाई आरोप लगाउने रानीलाई तत्काल खोजी गरि सत्यतथ्य वाहिर ल्याउन माग

राजनीतिक परिवारलाई वद्नाम गराउने षडयन्त्र भएको भन्दै साहले निकाले विज्ञप्ती

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
chitralekha-yadav-congress.jpg

सिराहा। नेपाली कांग्रेस नेतृ तथा पूर्व मन्त्री चित्रलेखा यादव र उनँका पति डा. श्री कृष्ण यादवले शारिरिक शोषण गरेको भन्दै लगाएको आरोपको पुष्टी गर्न जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरुले चुनौती दिएका छन्। चित्रलेखाका बुहारी रानी यादवले सामाजिक सञ्जालमा पोष्ट गरेर यादव परिवारमाथि आरोप लगाई आफू सम्पर्क विहिन भएकोले समेत यसमा आशंका गर्न सकिने आधार रहेको स्थानीय कांग्रेस नेता कार्यकर्ताहरुको भनाइ छ।

नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री परमेश्वर साहले एक विज्ञप्ती निकाली पिडित भनिएकी रानी यादवले आधिकारिक निकायमा उजुरी समेत नदिइ सामाजिक सञ्जालमा आरोप लगाएर घरबाट वेपत्ता हुनुले घटनालाई शंकास्पद बनाएको बताएका छन्। फेसवुक एकाउण्टमा पोष्ट गरि राजनीतिक व्यक्तित्वहरुको चरित्र हत्या र व्यक्तित्व विघटन गराउने कार्य षडयन्त्रको उपज भएको साहले दावी गरेका छन्।

रानी यादव पिडित भए न्यायका लागि सम्वन्धित निकायमा जानु पर्नेमा त्यसो नगरि मन मिलेको गैर पुरुषसंग वेपता भइ उल्टै परिवारका सदस्यहरुमाथि गम्भिर आरोप लगाउनु किमार्थ उचित नभएको उनले बताएका छन्।

यादव परिवारको पारिवारिक विषय भएपनि कांग्रेस नेता तथा उनको परिवारमाथि लगाइएको आरोप भएका कारण आफहरु सार्वजनिक रुपमा बोल्न वाध्य भएको पनि स्थानिय कांग्रेस नेता कार्यकर्ताहरुले जनाएका छन्। यादव परिवारका नावालक नाती सहित प्रेमी यम बहादुर विश्वकर्मासंग वेपता भएकि रानी यादवको खोजी गरी सत्य तथ्य वाहिर ल्याउन साहले विज्ञप्ती मार्फत स्थानिय प्रहरी र सम्वन्धित निकायसँग माग गरेका छन्।

प्रेमीसंग भुमिगत बसेर प्रेमीकै इसारामा राजनीतिक परिवारलाई बदनाम गराउने रानी यादव सहित यम बहादुर विश्वकर्मालाई यथासिघ्र खोजेर कारवाही गर्न समेत साहले माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ