arrow

कांग्रेसको क्रियाशील सदस्य वितरण र नवीकरण स्थगित

logo
रासस,
प्रकाशित २०७६ चैत ८ शनिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि स्थगन गरेको जानकारी दिए।

“पार्टीले ठूला भेला र सम्मेलनलाई यसअघि नै स्थगन गरेको, कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर क्रियाशील सदस्यता वितरण र नवीकरणलाई स्थगन गरेका हौँ”,उनले भने।

कांग्रेसले शहरदेखि गाउँ हुँदै घरसम्म कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउन सबै लाग्ने बताएको छ। पार्टी प्रवक्ता शर्माले जिल्ला, क्षेत्र, नगर, गाउँ हुँदै टोलसम्म कोरोना जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहका लागि स्वयंसेवी भूमिका निभाउन सबैलाई आग्रह गरिएको बताए। काँग्रेसले सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिने बताएको छ । केन्द्रीय कार्यालय भने बन्द नरहने काँग्रेसले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ