arrow

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

logo
रासस,
प्रकाशित २०७६ चैत ८ शनिबार
weather.jpg

काठमाडौं। स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए।

हाल देशका पश्चिमी भूभागलगायत अन्य पहाडी भूभागमा आङ्शिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। राति देशका पहाडी भूभागमा आङ्शिकदेखि सामान्य बदली रही देशको पूर्वी र मध्य भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ।

आइतबार देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आङ्शिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। सोमबार देशभर आङ्शिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव छ डिग्री सेल्सियस रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ