arrow

गिरिजाबाबुको स्मृतिमा समाज सुधारक तिवारीलाई सम्झिए कांग्रेस नेता भण्डारीले 

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
chandra-bhandari-hari-tiwar.jpg

काठमाडौ । स्व गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) को स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले रुपन्देहीका समाज सुधारक हरिप्रसाद तिवारीलाई सम्झेका छन् । तिवारीलाई सम्झिएर उनलाई भेट्न पुगेका भण्डारीले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस नै लेखेका छन्।

भण्डारीले दश कक्षासम्म अध्ययन गरेका रुपन्देही शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष रहेका तिवारी र उनको टीमले तिलोत्तमा नगरपालिकाका बासिन्दाहरुलाई कसरी खानेपानी उपलब्ध गराइरहेका छन् भनेर सबिस्तार बताएका छन् ।  
 
नेता भण्डारी लेख्छन् ‘पढेलेखेका, नीति निर्माता, सरकारी खर्चमा विदेश सयर गर्न पल्केका, जनताबाट अनुमोदित भाषणबाज एक पटक हेर तिमी कहाँ छौ ? बजेटमा आँखा नगाड !!! काम गरेर देखाउ । कर्मयोगी हरि प्रसाद तिवारीज्यू लगायत उहाँको समुहलाई नमन् ।’

भण्डारीले भने, ‘तिवारी समाजका उदाहरण नै हुन्। उनीबाट आजका नीति निर्मातादेखि सिंहदरवारमा बसेर योजना बनाउनेहरुले धेरै नै सिक्न सक्छन् । उनको नेतृत्वको टीमले २०६८ बाट आजसम्म आउँदा आठ हजार लिटर प्रतिमहिना प्रत्येक परिवारलाई निःशुल्क पानी उपलब्ध गराइरहेको छ।’

उनी लेख्छन्, ‘उपभोक्ताबाट उठाएको २ करोड ४८ लाख रुपैयाँबाट हाल १८ करोड रुपैयाँ बनाएका छन् भने सो अवधिमा ३३ करोडको काम सम्पन्न गरिसकेका छन् । उपभोक्ताले मिटर रिडीङको लागि २० रुपैयाँ मात्र तिर्नु परेको छ । आजको दिनसम्म आइपुग्दा साठी हजार भन्दा बढी ग्राहकले खानेपानी पाइरहेका छन् ।’

डा भण्डारीले तिवारीको नेतृत्वमा सडकमा बनिरहेका वायोट्वाइलेट समेत नमुना बन्न सक्ने बताएका छन् । स्व गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवसका दिन एक दूरद्रष्टा, समाजसेवी, सक्षम हरिप्रसाद तिवारीलाई हार्दिक नमन गर्न पाउँदा खुसी भएको बताउँदै नेता भण्डारीले फोटोसमेत सेयर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ