arrow

कारोनाको जोखिम कम गर्न उपत्यकामा पाँच हजार क्षमताको क्वारेन्टाइन स्थल बनाइने

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकामा कम्तीमा पाँच हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्कालै निर्माण गर्ने भएको छ । 

कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबार पहिलो बैठकले उक्त क्वारेन्टाइन स्थल निर्माणका लागि सम्बन्धित सबै निकाय संयुक्तरूपमा परिचालित हुने र सो स्थललाई आवश्यक पर्दा तुरुन्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय गरेको हो ।

उपत्यकाका होटल, विद्यालय, रङ्गशालालगायत स्थानमा त्यस्तो क्वारेन्टाइन बनाइने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ