arrow

सयौं नेपाली दिल्लीमा अलपत्र, खाना र पानी बीनै खुल्ला आकाश मुनी सुत्न वाध्य

उद्धार गर सरकार

logo
प्रकाशित २०७६ चैत १० सोमबार
nepali-in-delhi-alapatra.gif

नयाँदिल्ली। कोरोना भाइरसको कारण आफ्नो कर्मथलो एकपछि अर्को लकडाउनमा पर्न थालेपछि आफ्नो जन्मथलो फर्केर आउने क्रममा भारतको राजधानी दिल्ली आइपुगेका सयौं नेपाली अलपत्र परेका छन्। 

भारतभर आइतवार जनता कर्फ्युका कारण पुरै देशको जनसंख्या घरमै रह्यो। तर नेपालस्थित जन्म घर जान दिल्ली आइपुगेका नेपाली त्यतिखेर झन विलखवन्धनमा परे जतिखेर दिल्ली सरकारले पुरै दिल्लीलाई लकडाउनको घोषणा गर्‍यो। 

कोरोनाको कहर बढ्दै जाँदा त्यहाँको राज्य सरकारले दिल्लीमा लकडाउन घोषणा गरेको हो। भारतभर आइतवार कुनै पनि सवारी साधन चलेनन्। 

हवाइजहाज, ट्रेन, मेट्रो, सार्वजनिक सवारी साधान ठप्प रहे। रेल मन्त्रालयले सोमबारबाट रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ। 

सार्वजनिक सवारीको साधनबाट यात्रा गर्दा कोरोनाको विस्तार हुने सम्भावना पछि भारतभर सार्वजनिक सवारी खासगरि रेल सेवा बन्द हुने अवस्थामा पुगेको छ। कम्तिमा २ हप्ता यो अवस्था कायम हुने देखिएको छ। 

भारत सरकारले लिएको यहि सतर्कता नेपाल आउन दिल्ली आइपुगेका नेपालीहरुका लागि समस्या भएको छ। 

विभिन्न राज्यबाट दिल्ली आइ त्यहाँबाट नेपाल आउने तयारीमा रहेकाहरु दोहोरो मारमा परेका छन्। एकातिर दिल्लीमा लकडाउन छ भने त्यहाआट कुनै पनि सवारी साधन चल्ने अवस्था छैन। 

नेपाल सरकारले पनि सोमबारबाट एक हप्ताको लागि चीन र भारतको सबै सीमा नाका बन्द गर्ने घोषणा गरेको छ।यसको प्रत्यक्ष असर नेपाल फर्किन दिल्ली आइपुगेका नेपालीहरुलाई परेको छ।

नेपाल आउन झिटीगुण्टा बोकेर दिल्ली आइपुगेका उनीहरु पसल होटल रेष्टुरा सबै बन्दा हुँदा खाना र पानी समेत नपाएर सडक पेटीमै रात विताउन वाध्य भएका छन्। 

दिल्ली प्रहरीलाई आफूहरुको समस्याको बारेमा बताए पनि केन्द्रदेखि राज्य सरकारको आदेशका कारण देश नै ठप्प भएको बेला आफूरुले माथिको आदेश नभइ केहि गर्न नसक्ने जवाफ उनीहरुले दिएका छन्।  

बैंगलोरबाट दिल्ली आइपुगेका लक्ष्मण रातोकीले आफूजस्तै सयौं नेपाली आनन्द विहार मथुरामा अलपत्र अवस्थामा सडकमै सुत्न वाध्य भएको बताए। उनले भने, 'बालबच्चा समेत लिएर नेपाल फर्किन लागेकाहरु खाना र पानी समेत नपाएर सडकमा रात कटाउन वाध्य भएका छन्।'

रातोकीले नेपाल सरकारलाई तत्काल आफूहरु जस्तै आनन्द विहार, मथुरा लगायतका ठाउँमा रहेका सयौ नेपालीको उद्धारका लागि कुटनीतिक च्यानल प्रयोग गर्न माग गरेका छन्। उनले भारतस्थित नेपाली दुतावासलाई सक्रिय गराई आफूहरुलाई नेपाल जाने वातावरण बनाउन माग गरे। रातोकीले भने, ' हामीहरुको उद्धार चाँडो गरियोस बरु नेपालमा गएर क्वारेन्टाइनमा बस्न तयार छौ।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ