arrow

१४ दिन पुरै नेपाल ‘लक डाउन’ गरौं – प्रदीप पौडेल

logo
प्रकाशित २०७६ चैत १० सोमबार
pradip-poudel-congress.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १४ दिन पुरै नेपाल ‘लक डाउन’ गर्न आग्रह गरेका छन् ।

धेरै देशका जनताले हेलचेक्रयाई गर्दा कोरोना भाइरस फैलिएको भन्दै उनले सचेत हुन पनि आग्रह गरेका छन् ।

‘धेरै देशका जनताहरुले कोरोना (कोभिड–१९) भाइरसलाई हेलचेक्रयाई गर्दा धेरै फैलिएको र धेरै मान्छे संक्रमित भएको देखिन गएको छ। तसर्थ म नेपाल सरकारसँग विनम्रपूर्वक आग्रह गर्दछु कम्तिमा १४ दिन सम्पूर्ण नेपाल लक डाउन गरौं। नेपाली जनतामा जुन त्रास छ त्यो हटाउँनेतर्फ हामी सबै एक हौ र सरकारलाई साथ दिउँ ।’, पौडेलले हाम्राकुरासँग भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ