कोरोना संक्रमण पुष्टि पछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न गगनको आग्रह
प्रकाशित २०७६ चैत १० सोमबार
706
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले भर्खरै नेपालमा पुष्टि भएको कोरोना संक्रमण भएकी महिलाले चढेका फ्लाईट र उनीसँग सम्पर्कमा आएका सबैलाई पहिचान गरि परिक्षण गर्न आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्रालयल नै काठमाडौंमा एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरेको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पछिल्लो घटना फ्रान्सबाट आएकी युवतीमा देखिएको मन्त्रायले जनाएको छ।
गगनले ट्विट गर्दै भनेका छन् ‘Contact tracing को प्रोटोकोल बनाएर तयारीमा बसौं भनेको स्मरण गराउँछु।
@IshwarPokhrel अब ढिला नगरौं। भर्खरै पहिचान भएको संक्रमित व्यक्ति चढेका फ्लाइटका सबै,विमानस्थलमा र त्यस पश्चात उनीसंग सम्पर्कमा आएका सबैलाई अबिलम्ब पहिचान गरि,अलग्गै राखि, प्रत्येक को तत्काल परिक्षण गरिहालौं।‘
गगन कोरोना संक्रमणमा के गर्न सकिन्छ भनेर सरकार र सरोकारवालाहरुलाई निरन्तर घच्घचाईरहेका छन्। उनले संसदमा प्रस्ताव राख्नेदेखि मिडिया र आफ्नो सामाजिक संजाल मर्फत लगातार आवाज उठाइरहेका छन्।
चैत ४ गते मंगलवार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले पत्रकार सम्मेलन गरेरै जानकारी दिएको हो।
उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा राखिएकाे छ। विमानस्थल ओर्लिनासाथ उनलाई क्वारेन्टाइनमा राखिएकाे थियाे। अहिले उनकाे उपचार शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा भइरहेकाे छ।
Contact tracing को प्राेटाेकल बनाएर तयारीमा बसाैं भनेको स्मरण गराउँछु।@ishwarpokhrel अब ढिला नगराैं।भर्खरै पहिचान भएको संक्रमित व्यक्ति चढेका फ्लाइटका सबै,विमानस्थलमा र त्यस पश्चात उनीसंग सम्पर्कमा आएका सबैलाई अबिलम्ब पहिचान गरि,अलग्गै राखि, प्रत्येक को तत्काल परिक्षण गरिहालौं।