arrow

फ्रान्सबाट आएकी किशोरीसंगै विमानमा आएका अर्का युवाको पहिचान

दुई जना धरान र एक बागलुङ, एक कपिलवस्तु गोरुसिंगे क्वारेन्टाइनमा 

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
corona-virus.jpg

कपिलवस्तु ।  फ्रान्सबाट  गत चैत ४ गते आएकी कोरोना भाइरस लागेकी विद्यार्थीसंगै कपिलवस्तुका एक जना  युवा पनि सोही विमानमा आएको खुलेको छ । 

गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित  १९ वर्षीया किशोरी फर्किएको जहाजमा बुद्धभुमी ३ रनगाई घर भएका युवालाई गाउंमा थाहा हुन साथ स्थानीय क्वारेन्टाइनमा लगिएको वडा अध्यक्ष गोविन्द आर्चायले बताए ।

 नगरपालिकाले गोरुसिंगेको थारु कल्याणकारी सभामा तयार पारिएको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । 

हालसम्म उनमा कुनै लक्षण नदिएको समेत श्रेष्ठले बताए । गाउंमा चर्चा चले संगै स्थानीयलाई सूरक्षित हुन प्रमुख श्रेष्ठले बताए । 

किशोरी फर्किएको जहाजमा दुई जना धरानका रहेको पनि पुष्टी भइसकेको छ ।सोमबार काठमाण्डौमा कोरोना संक्रमित पुष्टी भएकी युवतीसंग एउटै प्लेनमा आएका धरान ६ र १६ का दुई व्यक्ति पनि रहेको बताईएको छ । 

त्यस्तै किशोरी फर्किएको जहाजमा जिल्लाको बागलुङ नगरपालिका–५ का एक युवा फर्किएका थिए ।  किशोरीसँगै आएको बागलुङ ढोरपाटनका युवामा हालसम्म कुनै संक्रमणका लक्षणहरु नदेखिएको पाइएको छ । 

उनी फर्किएर आफ्नै गाउँमा पुगेको थाहा भएपछि मंगलबार ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा मिलन मल्ल सहितको टोली उनकै घरमा पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ