कोरोनको त्रासमा मदिरा पिउने चालकसहित ८ गाडी नियन्त्रणमा

जितेन्द्र भण्डारी, प्रकाशित मिति : २०७६ चैत १२ बुधबार

पाँचथर । कोरोनको त्रासमा मदिरा पिउने चालकसहित लकडाउन उल्लंघन गर्ने ८ वटा सवारी साधानहरु प्रहरीले पाँचथरको फिदिम बाट नियन्त्रणमा लिएको छ । २ वटा जीप, ४ वटा मोटरसाईकल र २ वटा स्कुटर नियन्त्रणमा लिएको हो ।

यस्तै मे १ ज ३०५८ नम्बरको जीपका चालक गम्भिर बहादुर भुजेललाई गाडीसहित नियन्त्रणमा लिइएको हो । कोरोनको त्रासमा भुजेलले मापसे समेत सेवन गरेको हुँदा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 लकडाउन भइरहँदा पनि अटेर गरी सवारी साधान संचालन गर्ने ती सवारी साधानहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए । बुधबारबाट भने प्रहरीले बाहिर हिडडुल गर्न तथा सवारी साधान संचालनमा कडाई गरेको उनले बताए ।

नयाँ