दुर्घटनाविहीन काठमाडौं उपत्यका

प्रकाशित मिति : २०७६ चैत १३ बिहिबार

काठमाडौं । बुधबार बिहानदेखि बिहीबार बिहानसम्मको २४ घण्टा काठमाडौं उपत्यकामा सडक दुर्घटना भएन । यो खुशीको कुरा हो । 

लकडाउनको दोस्रो दिन भए पनि फाटफुट सवारी गुडे । लुकीछिपी पनि भित्री बाटोमा पनि सवारी चले । मुख्य सडकमा पनि जवरजस्ती गर्न खोजे । 

नियमितजसो काठमाडौं उपत्यकामा दुर्घटना हुँदै आएको छ । काठमाडौं उपत्यकामा लामो समयपछि पहिलो पटक बुधबार कुनै पनि दुर्घटना भएन ।

ट्राफिक प्रहरी महाशाखाका फिल्ड अधिकृत प्रहरी निरीक्षक शंकर श्रेष्ठले कुनै दुर्घटना नभएको पुष्टि गर्दैै लकडाउनको पालना भएको बताए । 

उनका अनुसार बिहीबार बिहान सडकमा सवारी साधनको चाप कम छ । ठप्प प्रायः नै छ । विशेष पास लिएका काम विशेषले केही मोटरसाइकलहरु निस्किएका छन् । 

लकडाउनको फाटफुटबाहेक प्रभाव राम्रो छ । कहिलेकाहिं लकडाउनको अपहेलना गरेको पनि पाइएको छ । 

बुधबार ९१ जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेर कबुलनामा गराएर छाडिएको छ । 

विशेष पास भएकाहरु पनि दुरुपयोग गरेर चलाइएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । 
 

नयाँ