arrow

प्रेस काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही गर्ने 

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
press-council.jpg.jpeg

काठमाडौं । कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ ।

काउन्सिलले बिहीबार विज्ञप्ति जारी गरी कोभिड–१९ ले विश्व नै त्रसित भइरहेको र नेपाल सरकारले विभिन्न आदेश जारी गरिसकेको अवस्थामा सूचना तथा प्रशारण विभागमा दर्ता नै नभएका र काउन्सिललमा सूचीकरणका लागि निवेदन नदिएका केही अनलाइनले संवेदनशीलतालाई रमाइलो विषय बनाएर झुटा समाचार सम्प्रेषण गरेकामा कानूनअनुसार कडा कारवाही गर्ने जनाएको हो ।  

“सार्वजनिक सूचना, अपिल, पत्राचार तथा फोनमार्फत पटक पटक गरेको आग्रहलाई वेवास्ता गरेका कतिपय सञ्चारमाध्यमलाई गरिसकिएको छ, काउन्सिल यस्ता अनलाइइनमाथि पनि कडा कारवाही गर्न बाध्य हुनेछ”, विज्ञप्तिमा भनिएको छ । 

केही अनलाइन विदेशमा भएका कोरोना भाइरस सङ्क्रमणका घटनालाई नेपालमै भएको जस्तो गरी शीर्षक राखेर सामग्री राखेको विषय काउन्सिलको स्वअनुगमनबाट देखिन आएको हो । 

काउन्सिलले आमपत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित भएर सूचना तथा समाचार सामग्री सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ