- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा लकडाउन गरिएको शुक्रबार चौथो दिन भएको छ ।
काठमाडौं उपत्यकाका सडकहरु लकडाउनले केही शान्त रहे पनि केही सवारी साधन भने गुडिरहेको ट्राफिक प्रहरी फिल्ड अधिकृत प्रहरी निरीक्षक अनिल कुमार उप्रेतीले जानकारी दिए ।
चौथो दिन सवारी साधन अत्यन्तै न्यून गुडेका छन् । अत्यावश्यक सवारी साधन मात्र गुडेका छन् ।
अनावश्यक रुपमा गुड्ने गाडीहरुलाई कार्वाही गरेपछि साधन न्यूनमात्र गुडेको उप्रेतीले बताए ।
ठाउँठाउँमा टोलीहरु रहेकाले मानवीय अवस्था हेरेर अत्यावश्यक सेवाका लागि अस्पताल जान पर्नेलाई चिकित्सकसंग टेलिफोनमा सम्पर्क गर्ने र लैजान प्रहरीले सहयोग गरेको अवस्था छ ।
नियम पालना नगर्नेलाई कार्वाही गरिएको छ ।
बिहीबार मात्रै २५३ सवारीलाई नियन्त्रणमा लिएको उप्रेतीले जनाए ।
लकडाउनलाई नबुझेर पनि मानिसहरु घरबाट बाहिर निस्किएको भन्दै घरमै रहन प्रहरी निरीक्षक उप्रेतीले बताए ।
उनले यो समय घरमै रहने समय भएको भन्दै रमिता हेर्नका लागि घरबाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।