arrow

मौसम कहाँ कस्तो ? कहाँ सावधानी ?

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । हाल देशको  पश्चिमी भूभागमा सामान्य र मध्य तथा पूर्वी पहाडी  भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार उपत्यकामा आंशिक बदली रहेको छ । भिजिबिलिटी ४ किलोमिटर रहेको छ भने तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । अपरान्हतिर उपत्यकामा बदली रहने छ । राति वर्षा हुने सम्भावना छ । 

पश्चिमी न्यूनचापिय प्रणालीका कारण पश्चिमतिर मेघगर्जनसहित वर्षा हुने देखिएको छ । त्यस्तै  मध्य र पूर्वी  पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तो छ शनिबार र आइतबारको पूर्वानुमान– 

चैत्र १५ गते (शनिबार)
दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पहाडी भूभागका  एक वा दुई स्थानहरुमा अपरान्हतिर मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १६ गते (आइतबार)

दिउँसोः देशभर मौसम सामान्यतया सफा देखि हुने देखिन्छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा देखि हुने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ