arrow

संकटमा बदमासी गर्नेलाई राष्ट्रद्रोहीको कार्वाही गर्न चन्द्र भण्डारीको माग

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संकटमा बदमासी गर्नेलाई राष्ट्रद्रोहीको कार्वाही गर्न सरकारसंग माग गरेका छन् । 

उनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विपद् आँगनमा आइसकेको भन्दै यस्तो अवस्थामा अपनाउनु पर्ने विधिहरु नअपनाई उल्लंघन गर्नेलाई राष्ट्रद्रोहीको कार्वाही गर्नुपर्ने बताएका हुन् । 

सामाजिक संजाल फेसबुकमा आफ्नो विचार राख्दै राष्ट्रभक्त नेता भण्डारीले लेखेका छन्, ‘चीन कोरोनासंग जुधिरहँदा हामी गम्भिर हुन सकेनौं । मानौं कोरोनाले हाम्रो उत्तरी सीमा पार गर्न सक्दैन । अब त समस्या आँगनमा आईपुग्यो । सबै एकजुट भई सम्पूर्ण सम्यन्त्र श्रोत साधन परिचालन गरि जिम्मेवारीपूर्ण तरिकाले कोरोनासंग लड्ने बाहेक उपाय छैन ।’

नेता भण्डारीले समस्याको जड विदेशबाट आउने नेपालीलाई समयमा ब्यवस्थापन गर्न नसक्नु भएको उल्लेख गर्दै विमानस्थल लकडाउन गरेपछि अन्य सीमाबाट देशभित्र प्रवेश गरेका मानिसमा निगरानी नबढाएमा समस्या चौतर्फी हुने भन्दै सरकारलाई सचेत गराएका छन् । 

उनले विदेशबाट आएकाहरुको यकिन गरी त्यसलाई आधारमानी कोरोना स्क्रिनिङ्ग गरी संक्रमित र स्वस्थ्य छुट्याई क्वारेन्टाइन गरी उपचार गर्नुपर्ने सुझाव दिएका छन् । 

कांग्रेसका पूर्व सांसदसमेत रहेका भण्डारीले जनतालाई खाद्य सामग्री घरघरमा पुर्याउने व्यवस्था मिलाई गरिब, असहाय, मजदुर, बिरामीको विशेष ध्यान दिन पनि सरकारसंग माग गरेका छन् । 

उनले सरकारले जनतालाई सतर्क र सचेत गराउँदै विश्वास दिलाउनु पर्ने भन्दै निर्देशन मात्र जारी गरेर नपुग्ने पनि बताएका छन् । 

डाक्टर, स्वाथ्यकर्मी, सेना– प्रहरीको सुझाव र सहयोगमा काम गर्नुपर्ने भन्दै नेता भण्डारीले ब्यवस्थापन पक्षको जिम्मेवारी उनीहरुलाई दिन पनि सुझाव दिएका छन् । 

उनले भयावह अवस्थाका अन्तिम अन्तिम साथीहरु तिनै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेको भन्दै आम नेपालीलाई सजग र सतर्क रहन आग्रह गरेका छन् । 

नेता भण्डारीले भनेका छन्, ‘नियमको पालना गरौं । यो मेरो समस्या हो । घरमा बसौं । तर यस्तो अबस्थामा कसैले पनि बदमासी गर्नु हुँदैन ।जसले गर्दछ राष्ट्रद्रोहीमा कारवाही गर्नु पर्दछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ