arrow

प्रधानमन्त्री ओली अस्पतालमा, मुटुको धड्कन बढ्यो, आधिकारिक जानकारी दिन ढिलाई 

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
pm-oli-ntv.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । उनको मुटुको चाल बढेपछि बिहीबार राति नै भर्ना गरिएको हो । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनी भर्ना भएका हुन् । 

प्रधानमन्त्रीकी निजी चिकित्सक प्राडा दिव्यसिंह शाहका अनुसार ओलीलाई अब्जर्भेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताइन् । 

कोरोना भाइरसको जोखिम भएका बेलामा थप कुनै रोग नलागोस् भनी अस्पतालमा भर्ना गरिएको बुझिएको छ । 

ओलीलाई शुक्रबार बिहानै डिस्चार्ज गरी प्रधानमन्त्री निवास बालुवाटार लैजाने पनि डा शाहले बताइन् । 

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका ओली ३० गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

उनी अस्पताल भर्ना भए पनि औपचारिक रुपमा भने जानकारी गराइएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समेत यसबारे जानकारी गराएका छैनन् । 

उनले सामाजिक संजाल मार्फत जानकारी दिँदै गरेको हाम्राकुरालाई बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ