arrow

१०० नम्बरमा भीड हटाइदिन आग्रह, ग्यास–पानी र अन्यत्र जानकै लागि अनुरोधका फोन

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
100-dial.jpg

काठमाडौं । नेपाल प्रहरीको सर्वसाधारणका लागि खोलिएको १०० नम्बरको डायलमा भीडभाड बढेको भन्दै त्यस्तो भीड हटाइदिन आग्रह गरिएका फोनहरु बढी आएका छन् । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा गत मंगलबारदेखि लकडाउन चलिरहेको छ । 

तर लकडाउन हुँदा पनि मानिसहरु घरघरमा बस्नु पर्नेमा सडकमा हिँडिरहेको र भीड बढिरहेको पाइएपछि सचेत नागरिकले फोन गरी प्रहरीलाई भीड हटाइदिन आग्रह गरेका हुन् । 

महानगरीय प्रहरी महाशाखाका कन्ट्रोल रुपका प्रहरी नायव निरीक्षक नवराज थापाले अनावश्यक काममा बाहिर ननिस्कन आग्रह गरेका छन् । 

थापाले बिहीबार अटेर गर्ने ६ जनालाई काठमाडौंबाट पक्राउ गरिएको बताए । 

उनले १०० मा आउने फोनहरुमा यस्ता गुनासाहरु बढी भएको बताए । त्यस बाहेक ग्यास सकिएको, पानी सकिएको, एक ठाउँबाट अर्को ठाउँमा जानका लागि, स्वास्थ्य समस्या लगायतका फोनहरु आएको बताए । 

एक ठाउँबाट अर्को ठाउँमा जान नपाएकाहरु पनि अलपत्र छन् । उनीहरुले कहिले सकिन्छ लकडाउन ? भनी प्रश्न गर्ने गरेका छन् । 

लकडाउनपछि थापाले काठमाडौं उपत्यकाका तीन वटै जिल्लाको शान्ति सुरक्षा शान्तिपूर्ण नै रहेको बताए । उनले गम्भीर खालका अपराधका घटनाहरु नभएका बताए । 

त्यस्तै अन्य घटनामा काठमाडौंबाट ४ तथा ललितपुरबाट २ जना पक्राउ परेका छन् । अपराध र चोरी लगायतका घटना भने भएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ