arrow

'प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गरिने'

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीकाे मुटुकाे धड्कन बढ्ने समस्या देखिएकाे हुनाले बिहिवार राती मनमाेहन सेन्टर महाराजगंजमा भर्ना गरिएकाे प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

प्रधानमन्त्रीकाे स्वास्थ्यस्थिति सामान्य भएकाे हुनाले आजै डिस्चार्ज गरिने उनका निजी चि कित्सक प्रा. डा. दिव्यासिंह शाहले उल्लेख गर्दै थापाले जानकारी दिएका हुन्  ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राती उनलाई भर्ना गरिएको थियो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्राडा दिव्यसिंह शाहका अनुसार ओलीलाई अब्जर्भेसनमा राखिएको हो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। 

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका ओली ३० गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ