arrow

रंजित कर्णले राजविराजमा अस्थायी क्वारेन्टाइनका लागि ७ कोठाको घर दिने

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
Ranjit-Karna.jpg.jpeg

राजविराज । नेपाली कांग्रेसका युवा नेता, संविधान सभा सदस्य एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष रंजित कर्णले सप्तरी जिल्ला राजबिराज न.पा. वडा न. ३ मा रहेको सात कोठाको आफ्नो घर कोरोना भाइरस संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने अस्थायी क्वारेन्टाइनका लागि दिने भएका छन् । 

नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष समेत रहेका कर्णले आफ्नो घर महामारीको समय अबधिसम्म क्वारेन्टाइनका लागि दिने घोषणा गरेका हुन् । उनले भने बाढी, पहिरो, भुकम्प लगायतका प्राकृतिक प्रकोपमा एक नागरिकले अर्को नागरिकलाई हृदयदेखि सहयोग गर्नुपर्छ।

बिश्व नै संकटमा परेको बेला हामी सबै एकजुट भई सहयोग गर्नुपर्ने भन्दै उनले सामाजिक उत्तरदायीत्व बहन गर्दै विश्वमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हामी आफैले सजगता अपनाउन आग्रह गरेका छन् ।

कर्णले उक्त बिषयमा सप्तरी जिल्ला प्रशासन समक्ष आफ्नो घर क्वारेन्टाइनका लागि उपयोग गर्न समेत जानकारी गराई सकेका छन् । देश विषम परिस्थितिमा रहेका बेला सरकारलाई सहयोग गरेर अगाडि बढनु पर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ