arrow

लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
opendra1.jpg

स्याङ्जा । कोराना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर निधन भएको छ। स्याङ्जाको हरिनास गाँउपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ बर्षिय रविन्द्र पौडेलले हतियार व्यवस्थापन गर्ने क्रममा गोली लागेर घाईते भएका थिए । 

पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । शुक्रवार दिउसो करिव १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा काम गर्दै गर्दा अचानक गोली पड्केर लागेको प्रहरीले जनाएको छ । 

उनको दाहिने कोखाबाट देब्रे कोखाबाट गोली निस्केको अवस्थामा रहेको मृतकका काका ऋषिकान्त पौडेलले जानकारी दिए । घटनाबारे अनुसन्धान शुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कणेलको टोली घट्नास्थलतर्फ गएको बताईएको छ । 

पोखरा महानगरपालिका २८ मा बस्दै आएका पौडेल चैत्र ७ गते नेपाल प्रहरीबाट अवकास हुदै थिए । कोरोना भाइरसको लकडाउनका कारण उनी रिटायर्स हुन पाएका थिएनन् । उनका दुई छोरी र श्रीमति रहेको मृतकका भाका ऋषिकान्तले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ