arrow

२० घण्टा अस्पतालमा बसेर बालुवाटार फर्किए प्रधानमन्त्री

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
pm-oli-discharge1.jpg

काठमाडौं । कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्। 

गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनको २४ दिन अघि (गत फागुन २१ गते) शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 

प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा उनको सचिवालयले धन्यवाद ज्ञापन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ