आर्थिक प्याकेज ल्याई बिपन्न र मजदुरहरुलाई राहत दिन नेता लेखकको सुझाव
प्रकाशित २०७६ चैत १४ शुक्रबार
683
Shares
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री रमेश लेखकले लामो समयको लकडाउनका कारणले पिडित भएका बिपन्न बर्ग र दैनिक ज्यालादारी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरहरुका लागि यथासक्य आर्थिक प्याकेज ल्याएर राहत दिन सरकारलाई सुझाव दिएका छन्।
सामाजिक संजाल मार्फत भिडियो सन्देश सम्प्रेषण गर्दै नेता लेखकले बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना रोकथामको लागि सरकारले लकडाउन गरेर घरभित्र सुरक्षित बस्ने गरेको निर्णय सकारात्मक रहेको बताए।
सबै नागरिकले सरकारको निर्णय पालना गरि आफ्ना बैयक्तिक एवम सामाजिक तथा सांस्कृतिक कार्यहरु गर्नुपर्ने बताउँदै कोरोनाको जोखिममा रहेका र संक्रमणको सम्भावना भएका सबैको स्वास्थ्य परिक्षणको लागि सरकार र सम्बन्धित निकायले आवस्यक उपकरण, औसधि लगायतको ब्यवस्था गरि देशभरबाट नै स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाउन मिलाउन समेत लेखकले आग्रह गरेका छन्।
नेता लेखकले महामारी रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई सुरक्षित राख्न आवस्यक पोशाक, उपकरण र सामग्रीहरु उपलब्ध गराउन समेत सरकार र सम्बन्धित निकायलाई सुझाव दिए।