arrow

राति मौसमले अत्यायो, अब चार दिन ढुक्क 

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली  रही पश्चिम र मध्य भूभागका केहि स्थानहरुमा हल्का वर्षा भएको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । राति मौसम सफा रहने छ । 

मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकाको मौसम आंशिक बदली रहेको छ । पूर्वीभेगमा पनि आंशिक बदली रहेको छ । 

शुक्रबार राति मौसम बिग्रिए पनि शनिबार बिहान भने मौसम सफा हुँदै गएको छ । 

शुक्रबार राति भने चट्याङसहित वर्षा भएको थियो । जसका कारण काठमाडौं उपत्यकामा त्रास छाएको थियो । 

कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन रहेकाले घरमै रहेकाहरु आत्तिएका थिए । कतिपय बुढापाकाहरु के अनिष्ट हुने हो भन्दै आत्तिएका थिए । 

काठमाडौं उपत्यकाको एयरपोर्टमा ३.२ डिग्री सेल्सियस पानी परेको छ । 

काठमाडौं उपत्यकाको बिहानको तापक्रम १५ डिग्री सेल्सियस रहेको छ । भिजिबिलिटी ५ किलोमिटर रहेको छ । अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म रहन सक्नेछ ।

मौसमविद् पौडेलका अनुसार अबको चार दिनसम्म मौसम सफा रहने छ । सानो सानो फाटफुट वर्षा भए पनि मौसमले गर्दा कुनै असर पर्ने छैन ।  

यस्तो छ आइतबार र सोमबारको पूर्वानुमान 
आइतबार देशभर मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका केही भागमा आंशिक बदली रहे पनि त्यसले कुनै प्रभाव पार्ने छैन । 

सोमबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । राति देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ