arrow

लकडाउनले चोरी–लुटपाट घट्यो, घटेनन् उल्लंघन गर्नेहरु 

logo
प्रकाशित २०७६ चैत १५ शनिबार
lockdown-police-arrest-new-.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन पाँचौं दिनमा चलिरहेको छ । गत मंगलबारदेखि देशैभर लकडाउन लागेको हो । 

लकडाउनका कारण सबै जसो मानिसहरु घरमै रहने भएकाले चोरी–लुटपाटको घटना भएको छैन ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारी अनुसार पाँचौं दिनसम्म आइपुग्दा काठमाडौं उपत्यकामा एउटा पनि चोरी वा लुटपाटको घटना सामुन्ने आएको छैन । 

उपत्यका शान्त रहेको छ । 

घटेनन् उल्लंघन गर्नेहरु
लकडाउन लागे पनि सडकमा निस्किएर लकडाउनको उल्लंघन गर्नेहरुको कमी देखिएको छैन । 

शुक्रबार प्रहरीले ७४ जनालाई नियन्त्रणमा लिएको थियो । तिनीहरुलाई शुक्रबार नै छाडिएको छ ।  

नयाँ प्राविधिक उपकरणबाट मानिसहरुलाई नियन्त्रणमा लिइएको थियो । यो नौलो प्रविधि हो । 

छिटफुट घटनाका क्रममा शनिबार बिहान काठमाडौंबाट ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खाद्य तथा मेडिकल पसलहरु तुलनात्मक रुपमा बढी नै खुलेका छन् । 

कालोबजारी गर्ने क्रममा कालीमाटी क्षेत्रमा शुक्रबार एक जनालाई पक्राउ गरिएको थियो । 

काठमाडौं उपत्यका बाहिर विशेष गरी तराई क्षेत्रमा उल्लंघन गर्नेहरुको संख्या उल्लेख्य छ । 

लकडाउनका बारेमा टेलिफोन गरेर सर्वसाधारणले सोधिरहेका छन् । 

प्रहरीका अनुसार १०० नम्बरको टेलिफोनमा सर्वसाधारणले लकडाउन खुल्ने दिन खोजिरहेका छन् । त्यसैगरी ग्यास सकिएको, खानेकुरा नभएको, पानी सकिएको, फोहरको गाडी नआएको लगायतका गुनासाहरु उनीहरुले गरिरहेको प्रहरीले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ