arrow

नेपालगञ्ज विमानस्थलमा विमान दुर्घटना

कोराना आशंकित विरामीको स्वाव लिन गएको नेपाल एयरको विमान दुर्घटनामा

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १५ शनिबार
nepal-airlinace.jpg

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा नेपाल वायुसेवा निगमको विमान दुर्घटनाग्रत भएको छ । 

नेपालगञ्ज विमानस्थलको धावनमार्गमा नाइन एन एकेयु विमान अवतरणका क्रममा चिप्लिएको हो । 

विमान धावन मार्गबाट ८० मिटर पर पुगेको वडा प्रहरी नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका व्यक्तिको स्वाव नमूना लिन आएको विमान दुर्घटनामा परेको हो । 

दुर्घटनाबाट कसैलाई केही भएन । चालक दलका तीन र दुई जना चिकित्सक सकुसल भएको बताइएको छ ।

विमानमा औषधिसमेत रहेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ