काठमाडौं। नेपालमा पाँचौं कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।
चैत्र ४मा नेपाल आएकी उनी त्यसपछि गृह जिल्ला वागलुङ गएकी थिईन्। कोरोना परिक्षणका क्रममा पुष्टी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याईंदै गरेको छ।
यसअघि चार जनामा कोरोना संक्रमण देखिएको थियो। चार मध्य १ उपचार पछि घर फर्किसकेका छन्।