arrow

रुँदै आएकी करुणा राई सहित सय परिवारलाई अध्यक्ष सफिकले दिलाए खुसी (भिडियो)

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १५ शनिबार
corona-relief-package-nepaljung.jpg

नेपालगन्ज। नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले लकडाउनमा वडाका बिपन्न तथा मजदुरी गर्ने समुदायका सय घरधुरीलाई आफ्नो ब्यक्तिगत खर्चमा खाद्यान्न सामाग्री सहयोग गरेका छन्।

सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेका त्यस्ता समुदायका ब्यक्तिहरुलाई दैनिक छाक टार्न मुस्किल परिरहेको बेला अध्यक्ष बेहनाले आफ्नो ब्यक्तिगत खर्चमा प्रतेक परिवार बराबर १० किलो चामल, अरहरको दाल, नुन र तेलको बोतल दिएर सहयोग गरेका छन्। लकडाउनमा मजदुरी गर्ने बिपन्न परिवार काम गर्नबाट बन्चित रहेको समयमा उनीहरुलाई एक हप्तालाई पुग्ने रासन दिएको अध्यक्ष बेहनाले बताए।

कोरोना जस्तो महामारी फैलिएको अवस्थामा मजदुरी गर्ने समुदायकालाई भोकै बस्ने बाध्यता  नहोस्  भन्ने सोचका साथ मैले आफ्नो ब्यक्तिगत रुपबाट सहयोग गरेको छु।एक हप्ता पुग्ने रासन सामाग्री पाए पश्चात् बिपन्न समुदायकि निर्मला रेग्मीले यस्तो विषम परिस्थितिमा अध्यक्ष सरले मानबताको नाताले यत्रो ठुलो सहयोग गर्दा आफ्नो परिवार अब भोकै नमर्ने बताइन्।

त्यस्तै खाद्यान्न  सामाग्री पाएका करुणा राई जस्तै सबैले आँखा भरी खुसीका आशु बर्षाउदै अध्यक्ष बेहनालाई हृदयदेखि धन्यवाद दिए। अध्यक्ष बेहनाले लकडाउन पुन: लम्बिएमा आफुले फेरि सहयोगको बारेमा सोच्ने बताए। अध्यक्ष बेहना नेपालगन्जमै सबैभन्दा सहयोगी जनप्रतिनिधिका रुपमा चिनिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ